मेरा बारेमा

म अहिले टोकियो अवस्थित नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन टेक्नोलोजी (National Institute of Information and Communications Technology) मा रिसर्च मेनेजर पदमा कार्यरत छु । यसका साथसाथै टोकियो अवस्थित युनिभर्सिटी अफ इलेक्ट्रोकम्युनिकेशन (University of Electro-Communications) मा आगन्तुक सहप्राध्यापक (Visiting Associate Professor) को पदमा र International Telecommunication Union (ITU) मा ITU-T Study Group 13 को Rapporteur (रापोर्चर) का रुपमा पनि कार्यरत छु।

मैले नेपाल, भारत, दक्षिण कोरिया र जापानबाट शिक्षा हासिल गरेको छु। भारतको चण्डीगढको पञ्जाब इन्जिनियरिङ कलेजबाट इलेक्ट्रिनिक्स तथा कम्युनिकेशन इन्जिनियरिङ विषयमा स्नातक, दक्षिण कोरियाको सउल नेशनल युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङमा स्नाकोत्तर र जापानको द ग्राजुएट युनिभर्सिटी फर एड्भान्स्ड स्टडीजबाट इन्फर्मेटिक्स (Informatics) विषयमा विद्यावारिधि हासिल गरेको छु। त्यस्तै गरि इनरुवा, सुनसरीमा अवस्थित श्री भगवती माध्यमिक विद्यालयबाट एस. एल. सी. (२०४३ साल माघमा परीक्षा दिएर २०४४ साल जेष्ठमा उत्तीर्ण), विराटनगरको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसबाट आए. एस्सी. पास गरेको हुँ। सुनसरी कै बबिया गाउँ पञ्चायय (हाल इनरुवा नगरपालिका वडा नं. ९) अवस्थित श्री सरस्वती माध्यमिक विद्यालय (त्यसबेला निम्न माध्यमिक विद्यालय) मेरो प्राथमिक पाठशाला हो।

स्नातक अध्ययनपश्चात लेक्चररका रुपमा त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा र नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणमा, अनि कम्प्युटर इन्जिनियर पदमा गृह मन्त्रालयमा गरी ५ वर्ष काम गरेको छु। त्यसपछि विद्यावारिधि अध्ययनपश्चात गत १७ वर्षदेखि सूचना तथा संचार प्रविधिको क्षेत्रमा कार्यरत छु। म अहिले अत्याधुनिक सूचना तथा संचार प्रविधि जस्तै 5G तथा त्यसपछिका नेटवर्क, आर्टिफिशिअल इन्टेलिजन्स (AI), मसिन लर्निङ, इन्टरनेट अफ थिङ्स (IoT) को अध्यापन, अनुसन्धान, विकास तथा स्तरीकरण गर्ने काममा संलग्न छु।

मेरो उच्चशिक्षा र कार्य अनुभव, मैले प्राप्त गरेका पुरस्कारहरू तथा पेशागत संस्थाहरूसँगको आबद्धताका बारेमा Profile पेजमा बिस्तारमा लेखिएको छ। साथै Research and Teaching पेजमा मेरो हालको अनुसन्धानका बारेमा बिस्तारमा लेखिएको छ।

मेरो अध्ययन, अनुसन्धानका नतिजाहरू उच्चस्तरीय जर्नल तथा कान्फ्रेन्सहरूमा एक सय पचासभन्दा बढी पेपर प्रकाशन गरेको छु। Publications पेजमा मेरा पेपरहरूको लिस्ट संलग्न गरिएको छ। मेरा पेपरहरू IEEE Xplore, Google Scholar, ResearchGate, Research Map, dblp Computer Science, and Semantic Scholar जस्ता पेजहरूमा पनि उपलब्ध छन्। यी पेपरका PDF file आवश्यक परेमा यो पेजको अन्तमा भएको इमेल ठेगाना मार्फत मलाई सम्पर्क गर्नुहोला।

अनुसन्धान प्रतिष्ठान (Research institute)मा अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विकासको क्रममा प्राप्त ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले म टोकियो अवस्थित युनिभर्सिटी अफ एलेक्ट्रोकम्युनिकेशन मा आगन्तुक सहप्राध्यापक पदमा पनि कार्यरत छु। स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थीहरू पढाउने तथा उनीहरूको अनुसन्धानलाई दिशानिर्देश गर्ने काम गर्दछु।

मैले अनुसन्धान गरेर आविष्कार गरेको प्रविधिलाई १२ वटा (Patent) प्याटेन्टका रुपमा जापान, कोरिया, अमेरिका, युरोपमा सुरक्षित गरेको छु। त्यस्तै गरि यी प्रविधिलाई संसारभरि प्रयोग गर्न सकिने बनाउनका लागि International Telecommunication Union (ITU)को अन्तर्राष्ट्रिय स्टाण्डर्ड बनाएको छु। मैले सम्पादन गरेका १३ वटा ITU-T Recommendations को लिस्ट यस लिंकमा छ

मैले Nepali Diaspora ICT Award, ITU-T Study Group 13 Fellow Award, Best Paper Awards आदि एक दर्जन जति पुरस्कार पाएको छु। पुरस्कारहरूको लिस्ट Profile पेजमा लेखिएको छ।

जापानमा म कार्यरत अनुसन्धान संस्थाले आविष्कार गरेका केही प्रविधिहरू नेपालमा हस्तान्तरण गर्ने प्रक्रियामा पनि संलग्न छु । उदाहरणका लागि NerveNet नामक कम खर्चमा सेटअप गर्न सकिने र सरल व्यवस्थापन गर्न सकिने उच्चस्तरीय इन्ट्रानेट संचार प्रविधिलाई नेपालका ग्रामीण भेगमा विस्तार गरी सस्तो तर भरपर्दो स्थानीय इन्टरनेट सेवा उपलब्ध गराउनका लागि नेपालका अनुसन्धान प्रतिष्ठानहरूसँग सहकार्य गर्दैछु। त्यस्तै गरि Internet of Things (IoT) मा धेरै प्रकारका सेन्सरहरू (जस्तै पानीका मिटर, यातायात व्यवस्थापन उपकरण तथा स्वास्थ्य उपकरण) को सुरक्षित व्यवस्थापन गर्नका लागि आवश्यक डिरेक्टरी सर्भिस प्रणाली पनि नेपालमा प्रयोग गर्नका लागि सहकार्य हुँदै आएको छ । कम्प्युटर तथा आर्टिफिशिअल इन्टेलिजन्स (AI) (जसलाई नेपालीमा कृतिम बुद्धिमता भन्न सकिन्छ) को प्रयोगबाट नेपालका स्कूलहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अभियानमा पनि संलग्न छु। जापानमा सिकेको ज्ञान तथा प्रविधिका बारेमा नेपालका पत्रपत्रिकाहरूमा प्रकाशन गर्ने गर्दछु। नेपालका विश्वविद्यालयहरूसँग सहकार्य गर्ने तथा नेपालबाट प्रकाशन हुने विज्ञान प्रविधि सम्बन्धित जर्नल सम्पादन समितिहरूमा पनि काम गर्दैछु।

जापानका नेपाली संघसंस्थाहरूमा पनि मेरो संलग्नता छ।
१. जापानमा कार्यरत नेपाली इन्जिनियरहरूको संस्था नेपाली इन्जिनियर्स एसोशिएशन जापान (Nepalese Engineers Association, Japan) को सकृय सदस्य हुँ र २००७-२००८ मा तत्कालिन Nepal Engineers Association – Japan Chapter को कार्यकारी समिति अध्यक्षका रुपमा काम गरेको थिएँ।
२. नेपाली विद्यार्थी समाज जापान (NESAJ) को सल्लाहकारका रुपमा लामो समयसम्म रही कार्यकारी समितिको निर्वाचन गराउने जिम्मेवारी धेरै पटक बहन गरेको छु।
३. गैरआवासीय नेपाली संघ (NRNA), जापानका सल्लाहकारका रुपमा तथा निर्वाचन समितिमा रहेछ पटक पटक कार्य गरेको छु। मैले बनाएको अनलाइन भोटिंग प्रणालीको प्रयोग गरेर २०११ सालमा NRNA ICC सदस्यका लागि निर्वाचन गराएको थिएँ। साथै २०१३ र २०१७ मा NRNA Japan का कार्यकारी समितिको निर्वाचन समितिमा बसेर काम गरेको छु। NRNA Japan को निर्वाचनका लागि २०१७ देखि प्रयोगमा आएको अनलाइन भोटिंग प्रणालीको डिजाइन तथा निर्माण कार्यमा संलग्न थिएँ।
४. पूर्वी नेपाल विकास सहकार्य केन्द्रको सल्लाहकारका रुपमा रहेर सहयोग गर्दैछु।

जापानमा सिकेको ज्ञानलाई नेपालसम्म पुर्याउनका लागि बेला बखतमा नेपालका पत्रपत्रिकाहरूमा लेख प्रकाशन गर्ने गर्दछु। हालै प्रकाशित मेरा केही लेखहरु निम्न अनुसार छन्।
१. “स्थानीय तहमा भ्रष्टाचार न्यूनीकरण प्रयास” गोरखापत्र, २०७८ श्रावण १० (2020 July 25) https://gorkhapatraonline.com/opinion/2021-07-25-42800
२. “आर्टिफिशिअल इन्टेलिजेन्स र डिपफेक” (Artificial Intelligence and Deepfake), NRNA Japan Magazine (प्रथम स्मारिका २०२१), June 2021. https://researchmap.jp/kafle/misc/33070137?lang=en
३. “कृत्रिम बुद्धिमत्ता प्रयोग”, गोरखापत्र, २०७७ मंसिर १९ (2020 December 4)
https://gorkhapatraonline.com/opinion/2020-12-04-27660
४. “ई-गभर्नेन्सका आधारहरू – प्रभावकारी वेबसाइट तथा साइबर प्रणाली (On e-Governance),  लिभिङ विथ आइसिटी म्यागजिन (Living with ICT Magazine) vol. 9(3), pp. 32 – 39, October 2020.
https://researchmap.jp/kafle/misc/30205398
५. “Magic of 5G technology,” Republica (Nepal’s Daily Newspaper), April 24th, 2019. https://myrepublica.nagariknetwork.com/news/magic-of-5g-technology/
६. “Toward Society 5.0,” Republica (Nepal’s Daily Newspaper), August 5th, 2019. https://myrepublica.nagariknetwork.com/news/toward-society-5-0/
७. “सूचना तथा सञ्चार प्रविधिः प्रभावकारी शिक्षण विधि,” सेतोपाटी, २०७७ असार ४ गते। https://www.setopati.com/blog/209304

८. “जापानमा कोरोनाभाइरस संक्रमणको प्रारम्भिक रोकथाम, यसरी भयो सम्भव”, हिमालखबर, २०७७ बैशाख ३ गते। https://www.himalkhabar.com/news/113181
९. “गैर-आवासीय नेपाली संघको निर्वाचनमा इ-भोटिङ प्रणालीको प्रवाभकारिता” सुमद्रपारि डट् कम, 2019 May 24. https://samudrapari.com/2019/05/308815/
१०. “नेपालमा कहाँ, किन र कसरी प्रयोग हुनसक्छ फाइभजी” टेकपाना डट् कम्, २०७८ वैशाख १८, https://www.techpana.com/2021/78863/
११. “नेपालमा यसकारण जरुरी छ लोकल फोरजी र लोकल फाइभजी” टेकपाना डट् कम्, २०७८ जेष्ठ २५, https://www.techpana.com/2021/86963
१२. “कतिसम्म हुनसक्छ ‘एआई’ र ‘डिपफेक’ प्रविधिको सदुपयोग र दुरुपयोग?” टेकपाना डट् कम्, २०७८ असोज १८, https://www.techpana.com/2022/104707
१३. “यस्तो हुनेछ अबको मोबाइल प्रविधि”, टेकपाना डट् कम्, २०७९ भदौ ११, https://www.techpana.com/2022/136514

मेरो अध्ययन अनुसन्धानका बारेमा नेपाली मिडियासँगको अन्तरक्रियाका एक भिडियो यस प्रकार छन्।
१. 5G नेटवर्क प्रविधिका बारेमा एभेन्यूज खबर टीभीका राजन कुइकेलसँगको कुराकानी

कथा, कविता
१. “यमजीत- जिन्दावाद!”, सेतोपाटी, २०७९ असार ३०, https://www.setopati.com/literature/276830

फेसबुकको चलन शुरु हुनुभन्दा पहिले म केही ब्लग लेख्ने गर्दथेँ। फेसबुक आएपछि लेख्ने कुरा प्रायः सबै फेसबुकमा नै लेख्नथालेपछि ब्लग लेख्नबन्द गरिएको थियो, पुनः लेख्न शुरु गर्ने विचार गर्दैछु। मेरो पुराना ब्लगहरू यस लिंकमा छन्ः https://blog.vedkafle.org.np

मेरा वर्तमान गतिविधिका बारेमा नियमित फेसबुकमा लेख्ने गर्दछु । ट्विट्टरमा पनि छु तर त्यति सक्रिय छैन । मेरो फेसबुक तथा ट्विट्टर पेजहरूका लिंक निम्न अनुसार छन् ।
Facebook: https/facebook.com/ved.kafle
Twitter: https://twitter.com/vedkafle
LinkedIn: https://www.linkedin.com/in/ved-kafle-08a68910/
मलाई इमेल मार्फत पनि सम्पर्क गर्न सकिन्छ। मेरो इमेल ठेगानाः